
प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि स्वीकृत “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२० अनुसार निर्वाचन प्रहरी भर्ना गर्नुपर्ने भएकोले देहाय बमोजिमको योग्यता पुगेका नेपाली नागरिकहरूबाट स्वयम् उपस्थित भई दरखास्त आव्हान गरिन्छ ।
१. पदः निर्वाचन प्रहरी
२. माग पद संख्याः १,३३,९८० (एक लाख तेत्तिस हजार नौ सय असी) जना।
३. दरखास्त दिने मितिः २०८२/०९/२५ गतेदेखि २०८२/१०/०१ गतेसम्म, समय बिहान १०:०० बजेदेखि १६:०० बजेसम्म
(सार्वजनिक विदाको दिन समेत)।
४. दरखास्त फाराम पाइने र बुझाउने स्थानहरूः जिल्ला प्रहरी परिसर (काठमाडौं, ललितपुर, भक्तपुर) र जिल्ला प्रहरी कार्यालय (सबै)।
५. निर्वाचन प्रहरीमा भर्ना हुन आवश्यक योग्यता र प्राथमिकताका आधारः

६. सम्पर्क मिति तथा स्थानः
मितिः २०८२/१०/०४ गते।
स्थानः दरखास्त दर्ता गर्ने सम्बन्धित प्रहरी कार्यालयहरू ।
समयः बिहान ११:०० बजे ।
७. छनौट सम्बन्धीः
छनौट प्रारम्भ हुने मितिः २०८२/१०/०५ गतेदेखि २०८२/१०/०९ गतेसम्म ।
अन्तिम नतिजा प्रकाशन मितिः २०८२/१०/१२ गते ।
प्रशिक्षण (तालिम) सुरु हुने मितिः २०८२/१०/१५ गतेदेखि २०८२/१०/२४ गतेसम्म (सार्वजनिक विदाको दिन समेत) ।
८. निर्वाचन प्रहरीको कार्य अवधिः
(क) नियुक्ति पाएको मितिले जम्मा चालीस (४०) दिन वा नेपाल सरकारले तोके बमोजिम हुनेछ ।
(ख) नेपाल सरकारले निर्वाचन अवधिको आधारमा निर्वाचन प्रहरीको कार्य अवधि हेरफेर गरेमा सोही बमोजिम हुनेछ
download Form 👇👇👇
Preparing your download...

९. निर्वाचन प्रहरीका सेवा सुविधाका शर्त:
(क) निर्वाचन प्रहरीको लागि नेपाल प्रहरी जवानको सुरु तलब स्केल सरह प्रतिदिन प्रति निर्वाचन प्रहरीले रु.८६९।४० (आठ सय उत्सत्तरी रुपैंया चालीस पैसा) को दरले चालिस दिनसम्मको लागि रु.३४,७७६।- (चौतीस हजार सात सय छ्याहत्तर) रकम उपलब्ध गराइनेछ ।
(ख) निर्वाचन प्रहरीलाई सम्बन्धित जिल्लाको नेपाल प्रहरीले पाए सरहको दररेट अनुसार प्रति निर्वाचन प्रहरी चालीस दिनको लागि खाद्यान्न वापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराइनेछ ।
(ग) निर्वाचनको क्रममा खटिने निर्वाचन प्रहरीलाई खटिएको ठाउँमा आउने र जाने तयारी स्वरुप प्रति निर्वाचन प्रहरी एक पटकको लागि एकमुष्ट रु. ८४६ ।- (आठसय छयालीस मात्र) का वरले तयारी खर्च उपलब्ध गराईनेछ ।
(घ) प्रतिदिन प्रति निर्वाचन प्रहरी रु.३००।- (तीनसय मात्र) को दरले ४ (चार) बिनको लागि एकमुष्ट रु. १२००।- (बाह सय) खाजा खर्च उपलब्ध हुनेछ ।
(ङ) नेपाल प्रहरीको प्रधान कार्यालयबाट तोकिए बमोजिमको दररेटको आधारमा पोशाक बापतको रकम उपलब्ध गराईने छ।
(च) निर्वाचन प्रहरीलाई उपलब्ध गराईने सम्पूर्ण सेवा सुविधा वापतको रकम निजको व्यक्तिगत बैंक खातामा उपलब्ध गराईनेछ ।
(छ) कर्तव्य पालनको सिलसिलामा निर्वाचन प्रहरी घाईते भएमा निज स्वयम्ले र मृत्यु भएको खण्डमा निजको नजिकको हकदारले नेपाल सरकारबाट तोकिए बमोजिमको क्षतिपूर्ति प्राप्त गर्नेछन् ।
(ज) निर्धारित अवधिभन्दा अगावै गैर हाजिर रहेमा वा जिम्मेवारी पुरा नगरी भागेमा त्यस्तो निर्वाचन प्रहरीलाई कुनै सुविधा बापतको रकम उपलब्ध गराईने छैन ।
(झ) कुनै मनासिव कारणले निर्वाचन प्रहरीले करार अवधि भन्दा अगाडि छाड्ने परिस्थिति भएमा २० (बीस) दिन वा सो भन्दा बढी दिन काम गरेको रहेछ भने काम गरेको दिनसम्मको सेवा सुबिधा पाउनेछ ।
(ञ) नियुक्तिको प्रकृयामा रहेको अवस्थामा वा नियुक्ति भइसकेको भए तापनि निर्वाचन स्थगित वा रद्द भएमा त्यस्तो नियुक्ति स्वतः रद्द हुनेछ।
(ट) अन्य सुविधाहरू “निर्वाचन प्रहरी भर्ना छनौट, नियुक्ति तथा परिचालन सम्बन्धी एकीकृत (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल) कार्यविधि-२०८२” मा व्यवस्था भए बमोजिम हुनेछ ।
मिति:- २०८२/०९/२४ गते ।


